झट्ट हेर्दा बिदेशी जस्तो देखिने नेपालका नामुद सरोद बाधक, जसको धुनले सबैलाई लठ्ठ बनाउँछ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १७  असार । सुरेशराज बज्रचार्य नेपालका प्रसिद्ध सरोद बाधक हुन् । ३५ बर्ष देखि सरोद बजाउँदै आएका बज्रचार्य गीतार सिक्नेले सरोद सिक्न खोज्ने बताउँछन् । शुरुमा मादल बजाउने बज्रचार्य नेवारी बाजा समेत पनि बजाउँछन् । उनी परिवारको सहयोगका कारणलेनै आफु अहिले यो स्थानमा पुगेको बताउँछन् । ‘परिवारको सहयोगका कारण यहाँसम्म आइपुगेँ,’ उनले भने, ‘मेरो संगीत प्रतिको झुकाव देखेर मलाई बुवाले नै यो फिल्डमा ल्याउनु भएको हो ।’

उनले २०४२ साल देखि सरोद बजाउन थालेका हुन् । उनले दिर्घ सेवा पदक समेत पाएका छन् । अहिले उनी काठमाडौं विश्वविद्यालयमा सरोद सिकाउँछन् । उनले बजाउन थालेको समयमा रेडियो नेपाल, नेपाल टेलिभिजन र अलइण्डिया रेडियो भन्दा अन्य संचारका माध्यम थिएनन् । त्यसैले उनले इन्द्रजात्राका क्रममा पाटी पौवामा गाउने गरेका थिए । ‘संचार माध्यम थिएनन् । पाटीमा बजाइन्थ्यो,’ उनले भने, ‘घरमा खाना खाएपछि टिभी हेर्न जान्थे । म भने त्यही टिभीमा देखिनका लागि कोठमा भित्र गएर अभ्यास गर्थेँ ।’

अहिले संचारका माध्यमहरु धेरै भएकाले प्रतिभा देखाउन पहिलो जस्तो कठिन नभएको उनको तर्क छ ।
बाँकी भिडियोमा हेर्नुहोस्

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *