रमेश उप्रेतीले चलचित्रमा ठुल ठुला कुरा र मै हु भन्ने लाई दिए कडा जवाफ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २०  असार । नायक रमेश उप्रेतीले आफ्ना पुराना फिल्म हेर्दा आफैँलाई लाज लाग्ने बताएका छन् । मिडिया एनपी टिभीसँग कुरा गर्दै उनले आफैंलाई लाज लाग्ने फिल्म हेरेर दर्शकले हिट बनाइदिएको बताए । ‘मेरा पुराना फिल्म हेर्दा आफैँलाई लाज लाग्छ,’ उनले भने, ‘त्यस्ता फिल्म हेरेर दर्शकले हिट बनाइदिनु भयो । हामी नेपाली दर्शकप्रति धेरै ऋणी छौं ।’

उनले पहिले भन्दा अहिले अभिनय गर्ने शैलीमा फरक आएको बताए । ‘हिजो हामी एक्टिङ गर्थ्यौं, त्यो अलि लाउड हुन्थ्यो र नाटक हुन्थ्यो । यही कारणले पनि मेरा पुराना फिल्म हेर्दा मलाई लाज लाग्छ,’ उनले भने, ‘आज प्रर्फम गर्छन् । र त्यो नेचुरल हुन्छ । मलाई यो मन पर्छ ।’
उनले फिल्म मेकिङ (प्रविधि)मा परिवर्तन आएपनि मेकरमा भने परिवर्तन आउन नसकेको सुनाए । उनले पहिले भन्दा सिर्जनशिलता मर्दै गएको पाएको भन्दै मेकरहरुको सोचमा परिवर्तन नपाएको बताए । उनले स्टारडमबिना इन्ड्रस्ट्री सस्टेन हुन नसक्ने बताए । बर्षमा एउटा फिल्म चलेर इन्ड्रस्ट्रीलाई फाइदा नहुने उनको तर्क छ ।
इन्ड्रस्ट्रीलाई फाइदा हुन बर्षमा कम्तिमा ७/८ वटा फिल्म चल्नु पर्ने उनको भनाइ छ । उनले फिल्म बनाउँदा दर्शकको चाहाना बुझ्नु पर्ने बताए । ‘फिल्म बनाउँदा दर्शकको चाहना बुझ्नु पर्छ । एउटा फिल्म चल्यो भनेर त्यसैको पछि कुदेर हुँदैन,’ उनले भने, ‘नयाँ सिर्जनशिलता देखिने फिल्महरु बनाउनु पर्छ ।’
उनले अहिले बनिरहेका फिल्म डकुमेन्ट्री स्टाइलका भएको टिप्पणी गरे । ‘अहिले फिल्म डकुमेन्ट्री जस्ता बनिरहेका छन् । फिल्म त मान्छेको कल्पना बाहिरको चिज हो,’ उनले भने, ‘फिल्ममा रियालिटि खोज्ने होइन । क्रियशन, इमाजिनेशन प्रिजेन्टेयसन सँगमनै फिल्म हो ।’
उनले कुनै एक फिल्म हिट भए त्यसैको पछाडि दौडनु गलत भएको बताए । उनले पहिले भन्दा अहिले नेपाली चलचित्रमा मै हूँ भन्नेको संख्या बढेको र त्यो इन्ड्रस्ट्रीका लागि राम्रो नभएको बताए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *