राजनीतिबाट कलाकारितामा आएकी अरुणाले राजेश हमाललाई प्रेम गर्थिन् (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ असार । नाट्यक्षेत्रबाट कलाकारितामा प्रवेश गरेकी अरुणा कार्की कलाकारितामा आउनु अघि राजनीतिमा लागेको बताएकी छिन् । मिडिया एनपीसँगको कुराकानीमा उनले आफू पहिले राजनीतिमा लागेपनि पछि कलाकारितामा प्रवेश गरेको जानकारी दिइन् । उनका अनुसार राजनीतिमा झुठो बोल्नु पर्ने भएकाले अरुणा कलाकारितामा लागेका हुन् । ‘राजनीतिमा झुठो बोल्नुपर्ने रैछ, आफूलाई झुठो बोल्न नआउने भएकाले कलाकारिता क्षेत्रमा लागेँ’, उनले भनिन् ।

नाट्य क्षेत्र हुँदै चलचित्रमा आएकी उनलाई चलचित्रमा भन्दा काम गर्न नाटकमै सजिलो लाग्ने अनुभव सुनाइन् । उनले पहिलो पटक अभिनेता राजेश हमालसँग बोल्न खोज्दा शब्द नै नआएको जानकारी दिइन् । किन त शब्द आएन ? मिडिया एनपीको जिज्ञासामा उनले भनिन्, ‘मन परेर, नजानिँदो रुपमा एक तर्फी प्रेममा परेर ।’

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *