सबैकुरा छाडेर यसपाली एकैछिन नरोकी नाच्ने नायिका निता ढुंगानाको उद्घोष

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडैँ । नायिका तथा मोडल नीता ढुंगानालाई यतिबेला झ्याम्मै तीज लागेको छ । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नीतालाई तीजको माहोलले लुछुप्पै छोपेको हो ।

तीज पर्वलाई विशेष मान्ने निताले यस वर्षको तीजमा निराहार वर्तमात्रै नबसी यो तीजमा एक छिन नरोकी नाच्ने समेत उद्घोष गरेकी छिन् । नीताको यो प्रसंग हो चर्चित गायिका बसन्ता प्रकृतिको तीज गीत यो तीजमा नाच्नुपर्छ एकछिन नरोकीको । पछिल्लो समयका चर्चित संगीतकार तथा गीतकार दीपक शर्माको शब्द संगीतमा तयार गीतमा निता निकै खुलेकी छिन् ।

जसलाई गायिका बस्नताले आफ्नो जीवनकै महात्वपूर्ण प्रोजेक्ट भएको र यस गीतबाट धेरै आशा गरेको र आँफु उत्साहित पनि भएको बताएकी छिन् । शिव बिकले निर्देशन गरेको भिडियोको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् । शम्भु चालिसेको छायांकन तथा रविन विकको सम्पादन रहेको गीत रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ ।

गायिका बसन्ताले यस अगाडी निकालेका गीतहरु कति बस्छौ टाढा टाढा, हेरि सिधै नजरमाले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *