साम्राज्ञी र सलिनमानको मस्ती, साम्राज्ञी रिसाउँदा यसरी फकाए सलिनमानले (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १६ साउन । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँ अभिनित चलचित्र ‘ए मेरो हजुर–२’ एक महिनापछि प्रदर्शनमा आउँदैछ ।

सो चलचित्रको प्रमोशन कार्यक्रममा मिडिया एनपीसँग कुरा गर्दै साम्राज्ञी र सलिनमान ए मेरो हजुर–२ले दर्शकको मन जित्नेमा ढुक्क छन् । सो चलचित्रमा मस्ती गरेका सो जोडी आफ्नो जिम्मेवारी र भूमिकालाई निर्वाह गरेको विषयदेखि चलचित्र चल्नेसम्मका कुरा गर्ने क्रममा निकै खुुलस्त भए ।

आउँदो भदौ १६ गतेबाट नेपालभर रिलिज हुन लागेको ‘ए मेरो हजुर २’ ‘ए मेरो हजुर’ को सिक्वेल चलचित्र हो । नायिका झरना थापाको निर्देशन रहेको यस चलचित्रमा साम्राज्ञी , सलिनमान, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय रहेको छ ।

‘ए मेरो हजुर २’लाई सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेका हुन् ।

तस्विर : दिनेश बोहरा/मिडिया एनपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *