निरु खड्का भन्छिन्, जति कमाए पनि श्रीमानले साडी नकिनेसम्म तीज आउँदैन (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १६ साउन । ‘मेरी बास्सै’ की ठ्यास कुमारी अर्थात् निरु खड्का अभिनयका कारण जति चर्चित छिन्, त्यसअनुरूप उनी मिडियामा सार्वजनिक हुन चाहन्नन् । अरु कलाकारलाई जस्तो आफूलाई मिडियामा छाउने रहर नभएको उनी बताउँछिन् ।

‘थोरी भए पुगिसरी’ ले आफूलाई स्थापित बनाएको बताउने निरु त्यस्ता टेलिचलचित्र कमै बन्ने उनको भनाइ छ । अभिनयका कारण चर्चित निरु यतिखेर सडक नाटकसँगै तिजको गीतमा अभिनय गर्नमै व्यस्त छिन् । सबैलाई एउटै कुरा भनिरहनुपर्ने भएकाले पनि आफू मिडियासँग पर–पर भागेको निरुले मिडिया एनपीलाई बताइन् ।

यतिखेर सबै महिलालाई तीजले छपक्कै छोपेको छ । तर निरु आफ्नो श्रीमानले एउटा साडी नकिनिदिएसम्म आफूलाई तीज लाग्दै नलाग्ने बताउँछिन् । ‘भन्नलाई त महिलावादीहरूले एउटा साडीका लागि पनि कति श्रीमानलाई घुर्की लगायो पनि भन्लान्, तर मलाई भने एक लाख दुई लाख जति कमाए पनि श्रीमानले एउटा साडी नकिनिदिएसम्म तीजले छुँदैन,’ निरुले सुनाइन् ।

जुनसुकै टेलिसिरियलमा आफू श्रीमानमाथि हाबी हुने गरे पनि वास्तविक जीवनमा भने श्रीमानसँग आफू लुरुक्क बन्ने गरेको निरुले रहस्य खुलाइन् । उनी श्रीमानसँग अलि डराउँछिन् रे ।

तस्विर : दिनेश बोहरा/मिडिया एनपी

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *