पिंक बिकनीमा विपाशाको हट पोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुन त बिहे अघिनै विपाशा बशु फिल्मविहीन थिइन् । उनलाई बिहेपछि आफ्नो करिअरले गति लिने आशा थियो । तर, अपशोचको कुरा यो छ कि, बिहेपछि त उनी झनै कामविहीन भइन् ।

करणसिंह ग्रोभरसँग बिहे गरेकी विपाशा काम नभए पनि इन्स्ट्राग्राममा तालतालका फोटा हालेर चर्चामा आइरहने गर्छिन् । हालै उनले एउटा फोटो पोस्ट गरिन्, जुन फोटोले अहिले उनको चर्चा बढाएको मात्र छैन, कसरी ‘मेन्टन्ड’ रहने भन्ने जनाउ पनि दिएको छ ।

विपाशाले मियामीस्थित समुद्री किनारामा पिंक कलरको बिकनीमा खिचेको आफ्नो सेक्सी फोटो पोस्ट गरिन् । त्यो फोटोमा उनी ‘मेन्टन्ड’ देखिन्छिन् । कतिपयले भने काम नभए पनि विपाशाले आफूलाई चुस्तदुरुस्त राखेकोमा भने खुसी प्रकट गरेका छन् । हुन त त्यो फोटो केही समयअघिको हो, जतिवेला विपाशा र करणसिंह आइफा अवार्डका लागि अमेरिका गएका थिए । फोटोको क्याप्सनमा विपाशाले– लभ दी बडी, यु लिभ इन’ लेखेकी छिन् । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *