भोजपुरी फिल्म इन्डस्ट्रीका सुपरस्टारका यी हुन् असली पत्नी (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ साउन । बलिउड स्टार झै भोजपुर फिल्मका कलाकार पनि आफ्नो इन्डस्ट्रीमा सुपरस्टार छन् । यी अधिकांश स्टारहरुको विवाह भइसकेको छ । तर, उनीहरुका श्रीमतीको नाम र चेहेरा धेरैलाई थाह छैन । आज हामी भोजपुरी फिल्मका प्रसिद्ध कलाकारहरुका श्रीमतीका बारेमा जानकारी दिँदैछौं ।

१. पवन सिंह

भोजपुरी अभिनेता पवन सिंह चर्चित गायक समेत हुन् । पवनकी पत्नीको नाम निलम हो । तर, उनले ९ जनवरीमा आत्महत्या गरिन् ।

२. दिनेश लाल यादव

भोजपुरी अभिनेता तथा गायक दिनेश लाल यादव (निरहुआ) की पत्नीको नाम मन्शा हो । उनको विवाह सन् २००० मा भएको थियो ।

३. मनोज तिवारी

 अर्का अभिनेता मनोज तिवारी पनि चर्चित गायक हुन् । अहिले उनी भाजपाका सांसद हुन् । उनकी पत्नी रानी २०१२ मा उनीसँग छुट्टीइन् ।

४. खेसारी लाल यादव

अर्का अभिनेता खेसारी लाल यादव पनि गायक हुन् । उनको नाम अभिनेत्री काजल राघवानीसँग जोडिएको छ । अहिले उनको विवाह भइसकेको छ र एक छोरी समेत छिन् ।

५. रवि किशन

 भोजपुरी र हिन्दी फिल्मका दिग्गज अभिनेता रवि किशनको विवाह प्रितिसँग भयो । उनको चार बच्चा छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *