नेपाली ‘पप सम्राट’ ओमविक्रम विष्टको मिर्गौला फेल, मिर्गौला दाताको अपेक्षा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ साउन । ‘एघार बाह्र तेह्र झ्यालबाट हेर, म मौनतामा अल्झिरहेको एउटा जीवन…’ लगायत दर्जनौं पपगीतका गायक ओमविक्रम विष्टको मिर्गौला फेल भएको छ । उनी यतिखेर मिर्गौला दाताको खोजीमा छन् । मिर्गाैला फेल भएकाले उनको डायलोसिस आवश्यक परेको छ ।

नेपाली ‘पप सम्राट’ भनेर चिनिने विष्ट लामो समयदेखि विरामी भई अस्पतालमा उपचाररत थिए । तीन दिनसम्म भेन्टिलेटरमा उपचार गराएर आफू हाल खतराभन्दा बाहिर रहेको गायक विष्टले जानकारी दिएका छन् ।

एक्कासि आफ्नो मिर्गौला फेल भएको र मिर्गौला दाता खोजिरहेको भन्नै जानकारी गायक विष्टले गराएपछि नेपाली संगीत क्षेत्र नै स्तब्ध बनेको छ । धेरै गायक गायिका तथा संगीतकारले विष्टको स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने बताएका छन् ।
लामो समयदेखि गायक विष्ट अमेरिकामा बस्दै आएका छन् । उनको अमेरिकास्थित एक अस्पतालमा उपचार भइरहेको छ । गायक विष्ट प्रसिद्ध उपन्यासकार दौलतविक्रम विष्टका छोरा हुन् ।

गायक विष्टका बदनाम भई, भुलेको कथा, देखे सपना, गाह्रो प¥यो लौन जिउन, हर साँझ, म सम्झन्थे, मेरो जिन्दगी, सुन चाँदी भन्दालगायत दर्जनौं पपगीत लोकप्रिय छन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *