नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ साउन । नयाँ शक्ति नेपालका नेता रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । बिहीबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरू सम्पूर्ण रूपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेसमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरू एकताबद्ध भएर अघि बढ्नेसमेत संकल्प गरेका थिए ।

छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा र नेतृ उर्मिला अर्याल पनि सहभागी थिए । छलफलपछि नेता झा र शर्माले मधेशमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रूपले समर्पित रहने संकल्प गरेका थिए ।

एमालेमा जाने हल्ला चलाएर झा माओवादी केन्द्रमै फर्कन लागेका हुन् । एमालेसँग उनले उपाध्यक्ष पद दाबी गरेका थिए । तर, एमालेले पालिटब्युरो सदस्यसम्म बनाउन सकिने बताएपछि झा प्रचण्डको सम्पर्कमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *