चलचित्र ऐश्वर्यको ‘तिमी रोएको पल’ बोलको गीत सार्वजनिक(भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ साउन । आउँदो कात्तिक २ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरि उक्त गीत सार्वजनिक गरिएको हो । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको सो गीतमा शब्द सृजना र संगीत अर्जुन पोखरेलको छ । कोरियोग्राफरमा तेन्जु योञ्जन र अञ्जीला खत्रीको रहेको उक्त गीतको छायाँकन भने सुदीप बरालले गरेका हुन् ।


भिडियो : दिनेश बाेहरा / मिडिया एनपी

विष्णुदेवी फिल्मस्को ब्यानरमा निर्माण गरिएको ऐश्वर्यलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । किरण राणा उप्रेती र अर्जुन श्रेष्ठको निर्माता तथा सह–निर्माता निर्मल शर्मा रहेको उक्त चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योञ्जन, अर्जुनजंग शाही, विकास खतिवडा, सुनीता ठाकुर, अमित पोखरेल र कृष्ण सिवाकोटीको अभिनय रहेको छ ।

उक्त सार्वजनिक कार्यक्रम गीतको छायाँकन र कोरियोग्राफर उत्कृष्ट रहेको भन्दै सुदीप बराल र तेन्जु योञ्जनको चर्चा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *