चिकित्सा शिक्षा विधेयक पास, तोड्लान त डा. केसी अनशन ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ साउन । संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको शुक्रबार बसेको बैठकले चिकित्सा शिक्षा विधेयक पास गरेको हो ।

समितिबाट पास भएसँगै अब उक्त विधेयक व्यवस्थापिका संसद्को बैठकमा प्रस्तुत गरिन्छ । उक्त विधेयक पाससहित चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार लगायतको माग राखेर ११ औँपटक डा. गोविन्द केसी १९ दिनदेखि अनशन बसिरहेका छन् ।

विधेय पास गरेको समितिले अनशनरत केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।समितिबाट विधेयक पास भएकै आधारमा केसीले अनशन तोड्ने सम्भावना नरहेको बताइएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *