इटहरीमा अहिलेसम्मकै भिषण बाढी, ६ जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ साउन । अविरल बर्षाका कारण इटहरीमा हालसम्मकै ठूलो बाढी आएको छ । बाढीका कारण ठुलो मानबीय र भौतिक क्षति भएको छ । वाडीले बगाएर इटहरीमा ५ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इटहरीमा ५ जना र तरहरामा १ जना गरेर ६ जनाको सब भेटिएको छ । मृत्यु हुनेमा इटहरी ३ गैरी गाँउका ३० बर्षिय माला शाहा, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी ४ बस्ने माला रार्इको तिन बर्षको छोरा र छाेरी रुपेस रार्इ र ८ बर्षकी रुपसनी रार्इ छन् । यसैगरी घरमा पानी पसे पछि इटहरी ४ आइतबारेका ४० बर्षिय इश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० बर्षको देखिने रार्इ थरका एक ब्यक्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै थुप्रै हराएका खबरहरु आइरहेका छन् । बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुध भएकाले सुचना संकलन र उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

शुक्रबार रातीदेखिनै इटहरी क्षेत्रमा बिद्युत सेवा समेत अबरुद्ध छ । सडक पुरै बाडीले ढाकेर सबारी साधन चल्न असहज भएको छ । बाढीका कारण इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुवानमा परेको छ ।

सेनाका ब्यारेक भित्रै पानी पसेपछि सामान सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको हेलिकप्टर विहानै देखी उद्धारका लागि जुटेको छ ।बाढि घर भित्र पसेपछि मानिसहरुको विचल्ली भएको छ । इटहरीको मुख्य चौक सहितका बजार क्षेत्रमा पनि पानी पसेको छ ।

कोशी व्यारेजमा खतराको संकेत

सप्तकोशी नदिमा पानीको बहाव बर्षकै उच्च स्थानमा पुगेको छ । शनिवार विहानको मापन अनुसार सप्तकोशी नदिमा २ लाख ६९ हजार २ सय ५० प्रतिक्युसेक पानी बहेको कोशी व्यारेजले जनाएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् । कोशी व्यारेजमा यसअघि नै खतराको संकेत स्वरुप रातो झण्डा गाडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *