बलिउडमा बाहुबलीको ग्रहण अक्षकुमारले हटाउने संकेत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ साउन । दक्षिण भारतीय चलचित्र ‘बहुबली-२’ ले बलिउडमा लगाएको ग्रहण अक्षयकुमारले हटाउने सक्ने संकेत देखिएको छ । ‘बाहुबली–२’ प्रदर्शनमा आएदेखि बलिउडमा कुनै पनि चलचित्र सफल हुन सकेका छैनन्। यही बेला रिलिज भएको अक्षय कुमारको चलचित्र ‘ट्वाइलेट एक प्रेमकथा’ले भने प्रदर्शनको पहिलो दिनमा आशालाग्दो व्यापार गरेको छ।

१८ करोड बढीको लगानीमा निर्माण भएको यस चलचित्रले पहिलो दिनमै १५ करोडको व्यापार गरेको छ। रिर्पोटलाई आधार मान्ने हो भने यस चलचित्रले ११०/११५ करोडको कमाई गर्ने निर्माण पक्षको अपेक्षा छ। यो चलचित्र अहिले ३००० बढी हलहरुमा प्रदर्शन भइरहेको बताइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *