‘जोनी जेन्टलम्यान’ को प्रचार चितवनबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ साउन । भदौ ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ले प्रचार प्रसार सुरु गरेको छ। शुक्रबार चलचित्रका मुख्य कलाकार पल शाह ,आँचल शर्मा, निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्लले चितवनबाट प्रचार सुरु गरेका हुन् ।

चितवनमा चलचित्र युनिटले जेन्टलम्यान क्लबको नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने दुई जना समाजसेवी बिशेष सम्मान कार्यक्रम गरेको छ । समाजसेवी तथा उद्योग वाणिज्य संघका चितवनका अध्यक्ष राजन गौतम र अर्की समाजसेवी छाया श्रेष्ठलाई जेन्टलम्यान क्लब बिशेष सम्मान गरेको थियो ।

कार्यक्रमा बोल्दै चलचित्रकी नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै जेन्टलम्यान भएको बताइन् । नायक पल शाहले आफुले एउटा राम्रो चलचित्रमा काम गरेको र चलचित्र राम्रो भनेको चलचित्र आव्हान गरेका थिए । चलचित्रका निर्माता एन्ड्रिउ पौडेलले युवा युवतीलाई टार्गेट गरेर चलचित्र निर्माण गरेको बताए । कार्यकारी निर्माता अजय मल्लले मेहेनत गरेर चलचित्र निर्माण गरेको सुनाए ।

नितिन चन्दको निर्देशन रहेको चलचित्रमा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ प्रशान्त तामाङको नृत्य निर्देशन तथा प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *