नम्रता बिना बाँचन सक्दिन भन्ने रञ्जन यसरी उनको अंगालोमा नै बाँधिए (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
काठमाडौँ । गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’मा समावेश ‘तिमी विना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरेको एल्बममा समावेश शीर्ष गीतको भिडियोमा मोडलद्धय रञ्जन रिमाल र नम्रता योगीले मोडलिङ गरेका छन् ।

भिडियोमा रञ्जन नम्रता बिना बाँचन नसक्ने भन्दै नम्रताको पर्खाइमा मात्रै बस्दैनन् उनको अंगालोमा समेत बाँधिन पुग्छन् । यो एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द छ । ५ वटा गीत समावेश एल्बमका ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भएका छन् ।
निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ । यूवराज वाइवाले भिडियोको निर्देशन गरेको भिडियो निकै नै कलात्मक र जिवन्त बनेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *