चलचित्र ‘ऐश्वर्य’को पहिलो गीत सामाजिक संजालमा भाइरल बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
काठमाडौँ २८ साउन । पछिल्लो समय संगीतकार अर्जुन पोखरेल एकपछी अर्को गीतमा सफल हुदै गएका छन् । यिनै अर्जुनले संगीत तथा शब्द भरेको गीत ‘तिमि रोएको पल’ लाई पनि दर्शकले मन पराएका छन् । फिल्म ‘ऐश्वर्य’ मा समावेश यस गीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् ।

मुस्ताङको रमणीय दृश्यमा छायाँकन गरिएको यस गीतलाउ यो न्युज तयार पार्दासम्म भिडियो साइट युट्युबमा ५ लाख २ हजारले हेरिसकेका छन् । भिडियो अपलोड गरिएको २४ घण्टा नपुग्दै फिल्म ‘ऐश्वर्य’ मा समावेश यस गीतलाई दिएको दर्शकको मायाले निर्माता रमेश उप्रेती दंग छन् । मुस्ताङको रमणीय दृश्यमा छायाँकन गरिएको यस गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।
सुदीप बरालले खिचेको यस गीतमा फिल्मको जोडी रमेश उप्रेती र दीपिका प्रसाईं देखिएका छन् । ‘हामीले गरेको मेहनत सफल भएको छ’ रमेशले भने ‘मुस्ताङमा गरिएको दुखलाई पर्दामा हेर्दा बजाइएको तालीले बिर्साईसकेको छ ।’ फिल्मका निर्देशक दिवाकर भट्टराई पनि निकै खुसि छन् । ‘मैले सोचेको भन्दा राम्रो रेस्पोन्स आयो’ दिवाकर भन्छन ‘अब झनै च्यालेन्ज बढेको छ ।’ गीतमा रमेशको जोडी बनेकी छिन दीपिका प्रसाईं ।
डेब्यु गर्ल दीपिकाले पनि पहिलो गीतबाट नै आफुलाई मार्क गर्न सफल भएकी छिन । फिल्ममा उनि सुपर मोडलको रुपमा छिन् । फिल्ममा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेका छन् भने निर्मल शर्मा सह- निर्माता रहेका छन् । फिल्ममा सम्पादन दिर्घ खड्का , संगीत अर्जुन पोखरेल र बिराज गौतम , कलर राजेन्द्र मोक्तान , द्वन्द हिमाल केसीको रहेको छ । फिल्ममा रमेश र दीपिकासंगै केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन , अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ । फिल्म आउदो कार्तिक २ मा रिलिज हुनेछ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *