बाढीपहिरोले २८ बेपत्ता, ३१ हजार घर डुबानमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गणेशप्रसाद बिमली, काठमाडौं, २९ साउन । तीन दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरोमा परी तराई र पहाडी जिल्लामा गरी आइतबारसम्म ३५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले अहिलेसम्म २८ जना बेपत्ता भएको र ३१ हजार घर डुबानमा परेको जानकारी दिएका छन् ।

डुवानका कारणले कतिपय स्थानमा मानिसहरू अलपत्र परेको जानकारी आएको र जोखिममा रहेका नागरिकको खोज तथा उद्धार कार्य तीव्रताका साथ भइरहेको गृहले जनाएको छ ।

नेपाल प्रहरीबाट ५६ सय, सशस्त्र प्रहरी बलबाट करिब १७ सय र नेपाली सेनाका ११ सय गरी ८३ सयजना तालिम प्राप्त सुरक्षाकर्मी प्रत्यक्ष रूपमा उद्धारका लागि फिल्डमा खटिएको मन्त्री शर्माले जानकारी दिए ।

अहिले नेपालको मध्यभाग र सुदूरपश्चिमको पहाडमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले दाङबको बबई नदी, बागमतीले रौतहट र सर्लाहीका विभिन्न भाग डुबानमा परेको जनाएको छ । पश्चिम राप्तीले चितवन र पूर्वी राप्तीले मकवानपुरका तटीय क्षेत्र प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *