संगीतकार अर्जुन पोखरेलले ‘प्रेमगीत २’ लाई नदिएको ‘तिमी रोएको पल…’ गीत ऐश्वर्यमा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द भरेको ऐश्वर्यको ‘तिमी रोएको पल…’ गीत अहिले लोकप्रिय हुँदै गएको छ । शुक्रबार युट्युबमार्फत रिलिज भएको यो गीत आइतबार बिहानसम्म पाँच लाख ३७ हजार पटक हेरिसकिएको छ । ‘ऐश्वर्य’ मा समावेश यस गीतलाई सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् ।

‘तिमी रोएको पल…’ गीत यसअघि ‘प्रेमगीत २’ चलचित्रका लागि राख्ने निर्माण पक्षको तयारी थियो । सोही गीतका लागि निर्माता सन्तोष सेन र निर्देशक रामशरण पाठकले संगीतकार अर्जुन पोखरेललाई लिएको बताएका थिए । तर, संगीतकार पोखरेलले ‘प्रेमगीत २’ मा नराखी यो गीत ‘ऐश्वर्य’ चलचित्रमा राखेका छन् ।

मुस्ताङको रमणीय दृश्यमा छायांकन गरिएको यो गीतलाई दर्शक स्रोताले मन पराइदिएपछि निर्माता नायक रमेश उप्रेती, निर्देशक दिवाकर भट्टराई र संगीतकार पोखरेल अहिले दंग छन् । जुन गीत रमेश उप्रेती र दीपिका प्रसाईंमाथि छायांकन गरिएको छ ।

चलचित्रमा रमेश र दीपिकासँगै केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुनजंग शाही, सुनिता ठाकुरलगायतको अभिनय रहेको छ । चलचित्र आगामी कात्तिक २ मा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *