पूर्वी र मध्ये तराईका अधिकांश भाग डुबानमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । अविरलको बर्षाका कारण तराईका अधिकांश भाग डुबानमा परेका छन् । बर्षाका कारण आएको बाढीले मधेसका अधिकांश ठाँउमा डुबान भएको हो । मधेसमा शनिवार देखि डुबान सुरु भएको थियो । त्यो क्रम आज पनि जारी छ । हिजो सुनसरी, मोरङ, सप्तरी लगायतका जिल्लामा डुबान भएको थियो ।

यही क्रममा आइतबार झापा, रौतहट, धनुषा, सर्लाही, सिरहा, पर्सा लगायतका जिल्लामा पनि डुबान भएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, चितवन र पर्सा जिल्लाका अधिकांश ठाँउमा डुबान भएको छ ।

मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको माडर, धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर, सार्लहीको मलंगुवा, रौतहटको गौर र पर्साको विरगञ्ज लगायतका जिल्ला सदरमुकाम समेत डुवेका छन् । चितवनको पर्यटकीय क्षेत्र सौरहा समेत डुबेको छ ।

तीन दिन देखि परेको बर्षापछि आएको आएको बाढीपहिरोमा परी तराई र पहाडी जिल्लामा गरी आइतबारसम्म ३५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले अहिलेसम्म २८ जना बेपत्ता भएको र ३१ हजार घर डुबानमा परेको जानकारी दिएका छन् ।

डुवानका कारणले कतिपय स्थानमा मानिसहरू अलपत्र परेको जानकारी आएको र जोखिममा रहेका नागरिकको खोज तथा उद्धार कार्य तीव्रताका साथ भइरहेको गृहले जनाएको छ ।

नेपाल प्रहरीबाट ५६ सय, सशस्त्र प्रहरी बलबाट करिब १७ सय र नेपाली सेनाका ११ सय गरी ८३ सयजना तालिम प्राप्त सुरक्षाकर्मी प्रत्यक्ष रूपमा उद्धारका लागि फिल्डमा खटिएको मन्त्री शर्माले जानकारी दिए ।

 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *