बाढीपीडितलाई दीपक–दीपाको एक लाख ५१ हजार, कलाकार संघको ६५ हजार सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । तराई मधेसका जिल्लामा आएको बाढीपीडितको सहयोगार्थ नेपाली कलाकारहरू जुर्मुराउन थालेका छन् । कलाकार निर्माता दीपकराज गिरीले एक लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।

तराई मधेसको पीडालाई आफ्नै पीडा सम्झौं भन्दै दीपकराजले व्यक्तिगत रूपमा एक लाख सहयोगको घोषणा गरेका हुन् ।नेपाल चलचित्र कलाकार संघले बाढीपीडितको सहयोगार्थ ६५ हजार राहतस्वरूप सहयोग गर्ने निर्णय गरेको छ । संघकी सदस्य पवित्रा आचार्यले जानकारी दिएकी छन् ।

यस्तै, कलाकार निर्देशक दिपाश्री निरौलाले सामाजिक सञ्जालमार्फत ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेकी छन् । विराटनगरको विमानस्थल डुबेको देख्दा आफू भावुक भएको भन्दै उनले मोरङ समाजमार्फत सो सहयोगको घोषणा गरेकी हुन् ।

यस्तै नायिका प्रियंका कार्कीले पनि ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेकी छिन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *