दोस्रो सन्तान कहिले बनाउने भन्ने सोचेको छैन : ऐश्वर्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । अहिले भारतीय सञ्चार माध्यममा बच्चन परिवारमा अब फेरि कहिले ऐश्वर्या र अभिषेकको अर्को बच्चा हुन्छ भन्ने बारेमा निकै चर्चा भइरहेको छ । यसैक्रममा ऐश्वर्या राय बच्चनले आफू फेरि कहिले आमा भन्ने बारेमा खुलासा गरेकी छिन् ।

ऐश्वर्या स्टेम सेल संरक्षण एक गर्ने कम्पनीमा आवद्ध भएकी छिन् । उक्त कम्पनीको कार्यक्रममा उनले स्टेम सेल संरक्षणको फाइदाको बारेमा बताउँदै आफ्नो छोरी आरध्याको जन्म भएको समयमा पनि आफूले स्टेम सेल संरक्षण गराएको बताइन् ।

अब कहिले दोस्रोपटक यो सुविधाको फाइदा उठाउने त रु पत्रकारको भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘तपाईहरुले यो प्रश्न सोध्नुहुन्छ भन्ने लागेको थियो । बच्चा भगवानको देन हो, समय आएपछि आफै हुन्छ । अहिले नै दोस्रो सन्तानको योजना भने बनाएका छैनौं ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *