म सधैं गोविन्द केसीको मागका पक्षमा छुः प्रचण्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् ।

२१ दिनदेखि अनसनमा रहेका केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष प्रचण्डलाई भेट्न आएको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले आफू डा. केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन् ।

काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक रहेको उनको भनाई थियो ।

केसीका मागले मेडिकल शिक्षालाई मर्यादित बनाउने उनले बताए । आफु प्रधानमन्त्री हुँदा पनि उनले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको उनको भनाई थियो । कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न नभएको भन्दै अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर  केसीलाई आश्वस्त पार्नुपर्छ र अनसन तोडाउनुपर्ने उनले बताए ।

दाहालले यो विषयमा ३ बजे प्रधानमन्त्रीसँग कुरा गरेर अनसन तोडाउन पहल गर्ने प्रतिवद्धता समेत जनाए । डा। केसीको अभियानप्रति सकारात्मक भएको बताए ।

भेटमा प्रतिनिधि मण्डलले केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न आग्रह गरेको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *