बाढीपहिरो पीडितलाई महजोडीको एक लाख रुपैयाँ सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न स्थानमा गएका बाढीपहिरोबाट पीडित भएकाहरुलाई एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

कला क्षेत्रमा महजोडीले परिचित उनीहरुले तत्काल एक लाख रुपैयाँ सहयोगको घोषणा गर्दै थप सहयोगका लागि दातृ संस्थाहरुसँग छलफल भइरहेको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट सहयोगको घोषणा गरेका उनीहरुले उक्त रकम कसलाई र कहिले बुझाएको हो या बुझाउने मितिबारे केही खुलाएका छन् ।

हरिवंशको फेसबुक पेजमा उल्लेख गरिएको छ, ‘देशका अधिकांश जिल्ला बाढीको डुवान र पहिरोमा परेको बेला हामी के कसरी सहयोग गर्न सकिन्छ भनेर केही संस्थाहरुसँग छलफलमा छौ ….. हालको लागि मह संचारको तर्फबाट राहतको लागि रु एक लाख अर्पण गर्दछौ । आफ्नो ठाउँ बाट सक्दो सहयोग सब्बैले गरौँ ।’

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *