पाकिस्तानमा ब्याण्ड भएका बलिउड फिल्महरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, भारत र पाकिस्तानको सीमाना जोडिएको भएपनि यी दुई देश विच निकै शत्रुता छ । पानी बाराबारकै स्थीति छ भन्दा पनि फरक पर्दैन होलाय यी दुई देशबीच । यसको असर बलिउड फिल्ममा समेत पर्ने गरेको छ । बलिउडमा बनेका फिल्महरु कथाकै कारण पाकिस्तानमा प्रतिवन्धमा परेको छ । त्यसो त विश्वभर प्रदर्शन भईरहेको बाहुबली २ पनि पाकिस्तानमा प्रदर्शन हुने नहुने टुंगो छैन । पाकिस्तानमा प्रतिवन्धमा परेका बलिउड फिल्महरु यस्ता छन् ।

१. एक था टाइगर
बलिउड फिल्म एक था टाईगर सलमान खान अभिनित फिल्म हो । यो फिल्मको विषयवस्तुको कारण पाकिस्तानमा ब्याण्ड भयो । २०१२ मा रिलिज यो फिल्मलाई कबिर खानले निर्देशन गरेका थिए ।

२. जब तक है जान
यस चोपरा निर्देशित फिल्म जब तक है जान पनि पाकिस्तानमा ब्याण्ड भएको अर्को फिल्म हो । यो फिल्ममा शाहरुख खान कास्मिरमा इन्डियन आर्मीको एक बम डिस्पोजल टोलीका सदस्य हुन्छन् । यहि कारण यो फिल्मलाई पाकिस्तानले आफ्नो देशमा प्रदर्शनको रोक लगायो ।

३. भाग मिल्खा भाग
यो फिल्म इन्डियन एथलेट मिल्खा सिंहको जीवनीमा आधारित थियो । यो फिल्ममा भारत र पाकिस्तान छुट्ने क्रममा मिल्खा शिंहको हत्या गरिएको देखाइएको थियो । त्यसैकारण पाकिस्तानले यो फिल्म प्रदर्शनमा रोक लगायो ।

४. खेलाडी ७८६
अक्षयकुमार अभिनित यो फिल्मको अंक ७८६ मुस्लिम धर्मावलम्वीको पवित्र अंक हो । फिल्ममा राखिएको यो अंकको कारण मुस्लिम धर्मावलम्वीको भावनामा असर नगरोस् भन्ने उदेश्यले पाकिस्तानले यो फिल्मलाई पनि प्रतिवन्ध लगाएको थियो ।

५. एजेन्ट विनोद
सैफ अलि खान अभिनित यो फिल्म पनि पाकिस्तानमा प्रदर्शन हुन सकेन । यो फिल्ममा एक पाकिस्तानी सेनाको सिनियर अफिसर अफगानिस्तानमा बसेर तालिवानको सपोर्ट गरिरहेको देखाइएको थियो ।

६. तेरे विन लादेन
यो फिल्ममा ओसामा विन लादेनलाई हाँस्य चरित्रमा देखाउने प्रयास गरिएको छ । यही कारण पाकिस्तानले यो फिल्मलाई प्रदर्शनमा रोक लगाएको थियो ।

७. डेविड
२०१३ मा रिलिज विजय नाम्बियार निर्देशित डेविडलाई पनि पाकिस्तानी सेन्सर बोर्डले रोक लगाएको थियो । सेन्सर वोर्डले यो फिल्म सामान्य सिमामा पनि नरहेको कारण आफ्ना दर्शकको लागि उपयुक्त नभएको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *