यस्तो छ चलचित्र ‘विन्दास लाइफ’ की हिरोइन सपनाको विन्दास लाइफ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ भदौ । चलचित्र ‘विन्दास लाइफ’बाट डेब्यू गर्न लागेकी नायिका हुन् सपना लामिछाने । उनी आफु सिरियस विन्दास भएको बताउँछिन् । पौष २१ गते रिलिज हुने चलचित्रकी नायिका लामिछाने र नायक प्रथम खड्काले मिडिया एनपी टिभीसँगको कुराकानीमा आफुहरुको जिवन पनि विन्दास नै भएको बताए ।

नायिका लामिछाने आफुले काम गर्दा सँधै सिरियस भएर काम गर्ने बताइन् । ‘काम गर्नु भन्दा पहिले मलाई डर लाग्छ । सफल हुन्छुकी हुँदिन भनेर सोच्थेँ,’ उनले भनिन्, ‘अहिले पनि सिरियस भएर सोच्छु ।’  उनीहरुले चलचित्र राम्रो बनेको भन्दै दर्शकको मायाँ पाउनेमा विश्वास व्यक्त गरेका छन् । त्रिकोणात्मक प्रेममा आधारित भएको उनीहरुले बताए । चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

हुर्नुहोस् उनीहरुसँगको रमाइलो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *