चन्दा देवानको ‘रम्दैछ अलि अलि…’ सार्वजनिक, नायिका एलिसाको उत्कृष्ट प्रस्तुति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ । गायिका चन्दा देवानको स्वर रहेको ‘रम्दैछ अलि अलि’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भक्तपुरको रमणीय क्षेत्र नगरकोटमा छायाकंन गरिएकोे उक्त म्युजिक भिडियोमा नायिका एवं मोडल एलिसा राईले उत्कृष्ट अभिनय रहेको छ ।

भिडियोमा आमा–छोरीको भावनात्मक सम्बन्ध र संवाद देखाइएको छ । उमेरसँगै छोरीमा आएका चाहना र रहरहरु उक्त म्युजिक भिडियोमा उतारिएको छ । रम्दैछ दबेको मन, खुल्दैछ लुकेको मनको शीर्ष शब्दबाट सुरु भएको गीतमा खुलेर नाच्ने मन भएको, हातमा चुरा, शीरमा शीरबन्दी र खुट्टामा पाउजु लगाउने चाहना छोरीले राखेकी छिन् ।

सचिन सिंहको कुशल संगीत संयोजन रहेको उक्त म्युजिक भिडियोलाई सञ्चारकर्मी विदुर खतिवडाले निर्देशन गरेका छन् । उत्कृष्ट छायाँकारको परिचय बनाएका सुदीप बरालको छायाँकन रहेको सो म्युजिक भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *