‘कबड्डी कबड्डी’का ‘झाँक्री बा’ भन्छन्, ‘अब फिल्म खेल्दिनँ’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ भदौ । हिट चलचित्र ‘कबड्डी कबड्डी’मा झाँक्रिको रोलमा देखिएका लेखक उपेन्द्र सुब्बाले अब फिल्ममा अभिनय नगर्ने बताएका छन् । मिडिया एनपी टिभीसँगको कुराकानीमा सुब्बाले आफ्नो विधा अभिनय नभएकाले अब फिल्म नखेल्ने बताए ।

‘कबड्डी कबड्डी आफैंले लेखेको फिल्म हो । झाँक्रिका लागि उपयुक्त पात्र भेटीएन । निर्देशक रामबाबु गुरुङको आग्रहमा त्यो भूमिका निर्वाह गरेँ,’ सुब्बाले भने, ‘मेरो विधा लेखन हो अभिनय हैन । त्यसैले अब फिल्म खेल्दिनँ । लेखनमै व्यस्त रहन्छु ।’

उनले धामी झाँक्रीमा विश्वास आफैलाई नलाग्ने भएपनि परिस्थितीले झाँक्रिको भूमिकामा उभ्याएको सुनाए । ‘झाँक्रि बा’ भन्दा कहिले काहिँ दिक्क लाग्ने उनले बताए ।
उनकी पत्नी कल्पना लावतीले चाहिँ झाँक्रीको रोल मन परेको बताइन् । उनले उपेन्द्रलाई फेरी पनि फिल्ममा देखिन आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *