शरद र मेलिनाको स्वरमा सार्वजनिक नयाँ गीत ‘वचनमा राखौंकीको चौतर्फी चर्चा, भिडियोमा अनिल र जेबिकाको यस्तो रोमान्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 काठमाडौं । गायक शरद ढुंगेलको ‘वचनमा राखौंकी नजरमा राखौं’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राईले गायक ढुंगेललाई स्वरमा साथ दिएको भिडियोमा अनिल र जेबिकाको दमदार अभिनय देख्न सकिन्छ ।

निकै नै सुन्दर प्रेमील जोडीले प्रेममा परेपछिका रोमान्टिक पलहरु भिडियोमा देख्न सकिन्छ । वैशाँलु उमेरमा प्रेममा परेको जोडीले मायालु शैलीमा ब्यक्त गरेको भावनालाई अनिल र जेबिकाले न्याय गर्न सफल देखिएका छन् ।

हेमन्त ढुंगेलका शब्द शृजनामा तयार गीतमा अशोक थापाले संगीत भरेका हुन् । भिडियोलाई उत्सव दाहालको छायांकन गरेका छन्। यो एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द छ । ५ वटा गीत समावेश एल्बमका ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भएका छन् । जसको अडियो तथा बजार ब्यबस्थापन भाइब्स क्रियशिनले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *