नेपालमा मौलाउँदै प्राङ्क भिडियो, प्राङ्कस्टर आकाश भन्छन्– कति ठाउँमा पिटाइ नै खाइयो (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ भदौ । प्रविधिको विकाससँगै यसको प्रयोगबाट मानिसहरु मनोरञ्जनसँगै राम्रो आम्दानी पनि गर्छन् । पछिल्ला वर्षहरुमा युट्युबमा भिडियो अपलोड गरेर मनोरञ्जनसँगै आम्दानी गर्ने चलन बढिरहेको छ । करिब ३ वर्ष अघि कलेज पढ्दै गरेका आकाश सेढाईंलाई पनि युट्युब मार्फत दर्शकलाई मनोरञ्जन दिने र त्यस वापत केही आम्दानी गर्ने सोच पलायो ।

सन् २०१३ को डिसेम्बरतिर आकास सेडाईंले केही साथीहरुको साथ र सहयोग लिएर ‘झुक्याउने खेल’ (प्राङक भिडियो) युट्युबमा आपलोड गर्न सुरु गरे । भिटालिज्ड टिभी र रोमानएटउडबाट प्रभावित नेपालमा प्राङ्क भिडियोको सुरुवात गरेको प्राङ्कस्टर आकाश भन्छन् ।

सुरुवाती दिनमा सोचेजस्तो भएन, मान्छेहरुले यो खेलको अर्थ नबुुझेको हुनाले निकै कस्ट र झन्झटको मात्रै होइन कतिपय अवस्थामा त पिटाइ नै खानुपरेको आकाश बताउँछन् । ‘बि आई टि’ अध्ययनकै क्रममा प्राङ्क बनाउन थालेका आकाश पछि दर्शकको राम्रो प्रतिक्रिया आउन थालेपछि यसैमा रमाउन थाले । अध्ययनलाई अगाडि बढाउन नसकेका आकाशले अहिले प्राङ्क भिडियोलाई नै ध्यान दिएपनि पछि अध्ययनलाई निरन्तरता दिने बताए ।

‘युट्युब’लाई राम्रो तरिकाले प्रयोग गर्न सके राम्रो आम्दानी पनि हुन्छ’, उनी भन्छन्, ‘तर सामाजिक सञ्जालमा समाजमा अपाच्य क्रियाकलाप अलि बढी भएकाले यस्ता कार्यलाई नियन्त्रण र व्यवस्थित गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *