पार्कर खेलमा दीनेश गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउँदै (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ भदौ । दीनेश सुनार पार्कर खेलमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउँदै छन् । सामान्यतया एक ठाउँबाट अर्को ठाउँमा आफ्नो कलाको माध्यमबाट सहज र छिटो समयमा उफ्रेर पुग्न सक्ने खेललाई नै पार्कर भनिन्छ । यसै कलाको माध्यमबाट गिनिज बुक अफ द वर्ल्डको रेकर्डमा नाम लेखाउन थालेका दीनेश बताउँछन् । यसका लागि आवश्यक सबै प्रक्रिया र विधि पूरा गरिसकेको उनको भनाइ छ ।

उनले एक मिनेटमा उन्नाइस पटक लगातार ब्याक फिल्प ( उफ्रेर पछाडी फर्किने ) गरेर यो रेकर्ड राख्दैछन् । अहिलेसम्म एक मिनेट मा १५ पटक ब्याक फिल्प गरेको रेकर्ड मात्र दर्ज भएको हुनाले आफूले नयाँ रेकर्ड राख्नेमा उनी ढुक्क छन् ।

सानैदेखि चञ्चले स्वभाव रहेको र खोला, चौर तथा विभिन्न खाली ठाउँमा उफ्रिने गरेको अनुभव सुनाएका दीनेशलाई गाउँकै एक कार्यक्रममा उपस्थित भएका बेला तत्कालीन सशस्त्र प्रहरी बलका महानिरीक्षक कुमार बस्नेतले उनलाई एपिएफ क्लवमा जागिर दिए । त्यहीँबाट उनको कलाले उन्नती र प्रगतिबाटो पहिल्याउँदै वर्ल्ड रेकर्डका लागि तयार हुन सक्यो । महानिरीक्षक बस्नेतले एपीएफ क्लवका लागि अफर गरेको क्षणलाई दीनेश आफ्नो जीवनको पहिलो घुम्ती ठान्छन् ।

वर्ल्ड रेकर्डका लागि तयारी गरेको थाहा पाएपछि पार्कर खेलमै ६ पटक वोर्ल्ड च्याम्पियन भएका र्‍यान दोयलले दीनेशलाई फोन गरेर बधाइ दिएका थिए भने पार्कर वर्ल्ड फेडेरेसनबाट उनको बायोग्राफी राखिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *