सांगीतिक साँझमा उठेको रकम बाढीपीडित बालबालिकाको लागि खर्चिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २२ भदौ । अमेरिकाको साउथ डाकोटामा रहेका गायक किशोर शिवाकोटीकी स्व. आमा मेनुका शिवाकोटीको स्मृतिमा खोलिएको संस्था मेनुका मेमोरियल फाउनडेसनले एक भब्य र सभ्य सांगीतिक साँझको आयोजना गर्ने भएको छ । अमेरिकामा पनि युवा पुस्तामा नेपाली गीत संगीतको चाहान नहराओस् भन्ने उदेश्यले मेनुका मेमोरियल फाउनडेसनले कदम चालेको फाउण्डेसनका अध्यक्ष शिवाकोटीले बताए ।

सेप्टेम्बर २४ तारिखका दिन हुन गइरहेको सांगीतिक साँझमा गायक शिवाकोटीलाई गायक प्रताप सुब्बा, मेरो डान्स कप यूएसएकी बिजेता मनिता मगर, लगायतका स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ । गायक सुब्बा भुटानबाट नेपाल आएर गीत रकेर्ड गरेर जनो पहिलो नेपाली भाषी हुन् । जसले दुई देशबिच भाषा र संस्कृतिको आदान प्रदानमा विशेष भूमिका निभाएका छन् । त्यस्तै कार्यक्रममा नेपालीभाषी भुटानी कलाकारहरुको विशेष सहभागीता रहने बताइएको छ ।

कार्यक्रमबाट उठेको रकम नेपालमा रहेका बाढीपीडित, भूकम्प पीडित, टुहुरा असहाय बालबालिकाको शिक्षादिक्षाका लागि खर्च गरिने गायक शिवाकोटीले जानकारी दिए । कार्यक्रममा विशुद्ध नेपाली गीत तथा नृत्य मात्र प्रस्तुत हुने र अझ त्यसमा पनि सुगम संगीत तथा नेपाली सांस्कृतिक पहिचान तथा मूल्य र मान्यता बोकेका गीत संगीतको मात्र प्रयोग गरिने बताइएको छ ।
सो अवसरमा अगम गुरूङलाई सम्मानित गर्ने तयारी गरेको फाउण्डेसनले जनाएको छ । गुरुङले नेपाली भाषी कलाकारहरुलाई उत्थान र उत्प्रेरणा जगाएको र नेपाली संस्कृतिको रक्षा गरे बापत सम्मान गर्न लागिएको हो । निस्वार्थ रुपले समाज सेवामा समर्पित हुँदै आएको फाउण्डेसनले यसअघि पनि नेपालका विभिन्न क्षेत्रका विपन्न तथा असहाय बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

फाउण्डेसनले हालै मात्र बाढी पितिका लागी ५० हजार लागतको राहत वितरण गरेको थियो । फाउण्डेसनले बिगतमा अमेरिकामा आत्मा हत्या सम्वन्धी जनचेतनाको लागि गीति भिडियो बनाएर सामाजिक उत्तर दायित्वको भूमिका समेत निर्वाह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *