हेमन्त शर्माका छोरा हिरक पनि गायक, पहिलो म्यूजिक भिडियो सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ भदौ । लोकप्रिय गायक हेमन्त शर्माका छेठा छोरा हिरक हेमन्त भट्टराई पनि औपचारिक रुपमा संगीत क्षेत्रमा प्रवेश गरेका छन् ।

हाल अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेका हिरकले पहिलो पटक स्वर दिएको ‘आइ आएम सरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

आफ्ना बाबु हेमन्तको शब्द सृजना र संगीत रहेको उक्त गीत हिरकले २ वर्ष पहिला नै गाएका हुन् । उक्त म्यूजिक भिडियोमा रुक्शा शर्माका साथमा गायक हिरकले नै अभिनय गरेका छन् ।

गायनमा लामो समय व्यतित गरेका हेमन्त शर्माले आफ्नो दोस्रो पुस्ताले पनि आफ्नो क्षेत्रलाई निरन्तरता दिँदा खुशी लागेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *