अष्ट्रेलियामा समिरको ‘मादल घिन घिन बजेपछि…’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ । भनिन्छ, संगीतलाई कुनै सीमाले छेक्दैन । यो कुरालाई धेरै देश भित्र र बाहिर बस्ने नेपाली कलाकार तथा सर्जकले प्रमाणित गरिरहेका छन् ।

१ वर्ष अगाडि मात्र ‘दुनियाँ बेग्लै छ’ बोलको गीतले नेपाली बजार र नेपाली बस्ने विदेशी बजारमा निकै राम्रो चर्चा पाएको थियो । त्यसपछि देउडा गीत ‘चट्ट सलाम छ’ मन–मनमा बस्न सफल भएको थियो । अघिल्ला गीतको चर्चा सेलाउन नपाउँदै अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले फेरि अर्को गीत ‘घिन घिन वज्यो मादलु’ सार्वजनिक गरेका छन् ।

यो गीतको भिडियोमा अष्ट्रेलियामा रहेर पनि विश्वमाझ रहेका नेपालीहरुको मनमा बस्न सफल ‘डान्स ग्रुप द नेक्सट’ले नृत्य गरेका छन् ।आफ्नो बुवाको एल्बममा रहेको पुरानो टप्पा गीतलाई नयाँ फ्लेवरका साथ समिरले यो गीत बजारमा ल्याएका छन् । यसका शब्द तथा संकलन चिन्तामण्ीि शर्माको रहेको छ ।

प्रदीप लामाको कोरियोग्राफी रहेको यो गीतमा अभियान थापाको छायांकन तथा सम्पादन छ । यो गीतको भिडियोमा प्रदीप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मियाँलगायतले नृत्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *