दशैंमा घुम्ने योजना छ ? घुम्नुहोस् यी ठाँउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ । दशैं कसरी मनाउने ? टिका थाप्ने, रमाइलो गर्ने र साथै घुम्ने योजना पनि छ ? यदी घुम्ने योजना छ भने नेपालका यी ठाँउ रोज्न सकिन्छ । धेरैले दशैंको छुट्टी घुमेर उपयोग गर्ने सोच बनाउनुभएको हुनसक्छ ।

आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्त्वयहरु छन् । यीनै गन्तव्यहरु मध्ये केही गन्त्व्यका बारेमा जानकारी लिनुहोस् ।

१. माथिल्लो मुस्ताङ

मुस्ताङलाई बुद्ध धर्मावलम्बीहरुको राज्य मानिन्छ । कुनै समय यहाँ तिब्बती शासन थियो । त्यसैले यहाँको संस्कृति तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताइन्छ । चट्टानै छट्टानले ढाकिएको यो ठाउँ धौलागिरी हिमालको पारी पर्छ । यहाँका मानिसहरु जीवनयापन र यहाँको वातावरणले पर्यटकहरुलाई आकर्षिक गर्ने गरेको छ ।

२. रारा ताल

समुन्द्री सतहभन्दा २९९० मिटरको उचाईमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । मुगु जिल्लामा रहेको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा राष्ट्रिय निकुञ्जले चारैतिरबाट घेरिएको यो तालसम्मको यात्रा जुम्लाबाट सुरु हुन्छ ।

६. खप्तड राष्ट्रिय निकुञ्ज

नेपालको सुदुरपश्चिममाञ्चल विकास क्षेत्रमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको स्थापना विसं १९८४ मा भएको थियो । बझाङ, बाजुरा, अघाम र डोटी चारवटै जिल्लाको कुल २२५ वर्ग किलोमिटर क्षेत्रमा यस निकुञ्ज फौलिएको छ । यस क्षेत्रमा विभिन्न खहरेहरुका साथै जंगलहरु छन् । नेपालभरिकै सबैभन्दा आकर्षक दृश्य भएको स्थानका रुपमा यस क्षेत्रलाई लिइन्छ ।

३. पाँच पोखरी

जुगल हिमालको काखमा अवस्थित पाँच पोखरीको धार्मिक महत्व रहेको छ । पाँच पोखरी ट्रेक १२ दिनको हुन्छ । यस ट्रेकमा जाँदा हिमाली दृश्यका साथै, धार्मिक विविधता तथा भौगोलिम विविधताको अवलोकन गर्दा स्वर्गीय अनुभूति हुन्छ ।

४. गोसाइकुण्ड 

नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको गोसाइकुण्ड ताल समुन्द्री सतहबट ४३ सय ८० को उचाइमा छ । रसुवा जिल्लामा रहेको यस ताल रहेको क्षेत्रलाई हिन्दु धर्मावलम्बीहरुको धार्मिक क्षेत्रको रुपमा व्याख्या गर्ने गर्दछन् । विभिन्न हिमाली दृश्यले घेरिएको यस स्थानमा ट्रेकिङ जानु निकै एडेभेन्चरस हुन्छ ।

५. चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज वि.सं. १९७३ सालमा स्थापना भएको हो । शाही चितवन राष्ट्रिय निकुञ्ज भनेर सुरुमा नामाकरण गरिएको यस क्षेत्रलाई राजतन्त्रको अन्त्यसँगै चितवन राष्ट्रिय निकुञ्ज भनि नामाकरण गरियो । वि.सं. १९८४ मा यस निकुञ्ज विश्व सम्पदा सूचीमा समावेश भयो । ९ सय ३२ वर्गकिलोेमिटर क्षेत्र ओगटेर रहेको छ । विशेषतः हात्ती सवारीका लागि यस क्षेत्र प्रमुख मानिन्छ ।

६.पोखरा

दशैंमा घुम्नका लागि अर्को उत्कृष्ट गन्तव्य पोखरा हो । पोखरा घुम्न जाँदा कोही निराश हुन पर्दैन । यहाँको प्राकृतिक सुन्दरताले मानिसलाई लठ्ठ बनाउँछ । पोखरामा विन्ध्यवासिनी मन्दिर, धर्मशाला, बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर, शिवहरि मन्दिर तथा नमोबौद्ध गुम्बा आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् ।

यस्तै सेती नदीको गल्छी, चमेरे गुफा, पाताले छाँगो, महेन्द्र गुफा, गुप्तेश्वर गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन् । यहाँका रमणीय तालहरू र सेतीगण्डकी हिमाली छायाँ तथा झरनाहरू प्रमुख पर्यटकीय आकर्षण हुन् । फेवातालमा पर्ने माछापुच्छ्रे हिमालको छाँया तथा बेगनासमा गरिने डुङ्गा सयर बिर्सिनसक्नुका छन् । साथै अन्नपूर्ण पदमार्ग पनि यहीबाट सुरू हुन्छ ।

७. बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भएको हो । यो निकुञ्ज ९६८ बर्ग किलोमिटरमा फैलिएको छ । सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो । २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।

८. इलाम

दशैंमा घुम्न अर्को उत्कृष्ट गन्तव्य इलाम हो । इलामको सुन्दरताले पर्यटकहरुलाई आकार्षित गरेको छ । सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीय स्थान इलामले समेटेको छ ।

सबै भाग पहाडी भेकमा पर्ने यस जिल्लाको प्राकृतिक सौन्दर्यका कारण विस्तारै पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिँदैछ । नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पर्यटकहरूको ओइरो लाग्ने गर्दछ । हरियाली युक्त चियाबारी भएको कन्याम अर्को आकर्षण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *