जातिय अपहेलनाको जवाफ स्वरुप एल्बम् ल्याएँः राजकुमार थामी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ । राजकुमार थामीको गीति एल्बम् ‘सेवा ढोग छ, भूमे देवालाई’सार्वजनिक भएको छ । शब्द तथा लय राजकुमार थामी कै रहेको यस एल्बमका गीतहरुमा मनु थामी र उनकै आवाज छ ।

कुनै समय आफूले आफ्नो थर थामी बताउँदा दलित भनेर अभद्र व्यवहार गरेको पिडा सम्झदै उनी भन्छन्, ‘सबै जातभात एकै हौं, तर कुनै समय थियो, आफ्नो थर थामी भन्दा उनीहरु एकैछिन सोच्न बाध्य हुन्थे । सबै जातजाती एकै हौं ।’

मेरो जात, मेरो धर्म, मेरो संस्कार बारे धेरैलाई थाहा नहुँदा जातिय अपहेलना खेप्नु परेकोले आफ्नो जातिय पहिचानको सम्बद्र्धनमा टेवा पुग्ने उद्येश्यले यो एल्बम् प्रकाशनमा ल्याएको उनको भनाई छ । सेवा ढोग छ, भुमे देवालाई एल्बममा सबै गीतहरु नेपाली भाषामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *