फोहोर र खाली सीसी उठाउने काठमाडौंकी यी युवती (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २४ भदौ । काठमाडौंमा हुनेखाने परिवारमा जन्मेर दुःखको खासै अनुभव नगरेकी आयुसी केसीले फोहोर र खालिसिसी उठाउने काम गर्दा धेरै जना अचम्ममा परे । उनलाई फोहोर उठाउने भनेर हाँसोको पात्र मात्रै बनाइएन पढेलेखेकी छोरी अब कवाडी उठाएर हिड्ने भई भन्दै घरमा चर्चासमेत हुन्थ्यो । तर, यस्ता कुरालाई वास्ता नगरी पारिवारिक जमघट र पार्टीमा मजा लिन छाडेर उनी भने वाइन, व्हिस्कीको बोतल उठाउन थाल्छिन् ।

अमेरिका जाँदा ’ट्रयास डे’ यानिकी फोहोर व्यवस्थापन दिन मनाएको देखिएपछि उनलाई नेपालमा पनि अलि फरक तरिकाले व्यवसाय गर्ने सोच पलायो । र खाली सीसी उठाउने काम गर्नका लागि कम्पनी दर्ता गर्न जाँदा निकै समस्या व्यहोर्नु परेको उनले अनुभव सुनाइन् । उनले गर्न चाहेको व्यवसाय कुन क्याटागोरी (व्यवसायिक वर्ग) राख्ने भन्नेमा अन्योलमा परे बताइन् ।
दर्ता प्रक्रिया पूरा गरेसँगै उनले खालीसीसी डट्कम सञ्चालन गरिन् । सोही अनलाइन मात्रै खाली सीसी उठाउने कार्यलाई तीव्रता दिइन् ।
काम गर्ने प्रक्रिया सुनाउँदै भन्छिन् खालीसीसी डटकमकी प्रवन्ध निर्देशक आयुषी, ‘यदि जावलाखेलबाट फोहोर उठाउनको लागि फोन आउँछ भने त्यहि क्षेत्रका खालीसीसी दाइलाइ नै कन्ट्याक गरेर फोहोर उठाउन पठाइन्छ ।’

आयुषीको यस व्यवसायमा आवद्ध रहेका खाली सीसी दाइहरुले पनि मासिक आठ देखि १२ हजार रुपैयाँ थप कमाई गरिराखेका छन् । उनी भन्छिन्, ‘खालीसीसी वालाहरुलाई यसरी घर–घरमा पठाउँदा कम्पनीको कार्ड लगाएर पठाइन्छ, जसले गर्दा कामगर्न सहज भएको छ । छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *