यी हुन् संसारका १० अचम्म लाग्दा कार ! हेर्नुहोस् सूची ?

  • 416
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    416
    Shares

मानिहरुका आ–आफ्नै सपना हुन्छन् । केही मानिसहरुलाई महंगा कारमा घुम्ने शोख हुन्छ । कोही काम चलाउनका लागि पनि कार चढ्छन् । कोही कार प्रेमी समेत हुन्छन् । यीनीहरुलाई संसारका अचम्म लाग्दा कार मन पर्छ । हामी कार प्रेमीका लागि यहाँ संसारका १० अचम्म लाग्दा कारको बारेका जानकारी दिँदैछौ ।

१०. नरमन टिन्ब्स स्पेशल

१९४० मा यो कार प्रख्यात इन्जिनियर नरमन टिन्ब्सले बनाएका हुन् । ती बर्षको मेहनत पछि उनले यो कार बनाएका हुन् । त्यसैले यो कारको नाम उनकै नामबाट राखियो ।

९. स्टट स्कारेब

विलियम बुशनेलले स्टट स्कारेबको डिजाइन १९३२ मा गरेका थिए । यो कारलाई संसारको पहिलो मिनिवेन भनिन्छ ।

८. बुगाटी टाइप ५७ एस एरोलाइट

बुगाटीका केही मोडल अचम्म लाग्दा छन् । त्यसै मध्ये एक हो बुगाटी टाइप ५७ ए । कम्पनीले ‘टाइप ५७’ लाई लिएर केही मोडल जस्तैः ५७ टी, ५७ सी ट्यांक । तर ५७ एस एरोलाइट मोडल ती मध्ये अचम्म लाग्दो मानिन्छ ।

७. जनरल मोटर्स ली सबरे

जनरल मोटर्स ली साबरे एक कन्सेप्ट कार हो । यसको डिजाइन एयरक्राफ्टबाट प्रभावित भएर गरिएको हो ।

६. १९३२ फोर्ड स्पीडस्टर

१९३२ मा आएको फोर्डको स्पिडस्टर सबैभन्दा अचम्म लाग्दो कार हो । २०१६ मा यो कारको लिलामी भयो । आरएम अक्शनमा यसलाई सात लाख ७० हजार डलरमा बेचियो ।

५. पील पी ५०

पील पी ५० छोटो कार हो । यो छोटो कारलाई पील कम्पनीले बनाएको हो । कम्पनीले १९६२ देखि १९६५ को बीचनमा यो कार बनाएको हो । यो कार संसारकै छोटो कारकारुपमा गिनिज वल्र्ड रेकर्डमा समेत दर्ता छ ।

४. १९५८ टेस्को

दोस्रो विश्व युद्ध पति अमेरिकन स्पोर्टस कारकोरुपमा यसलाई बनाइएको हो । यो कारलाई फाइटर प्लेको रुप दिइएको छ । यो कार १९४८ मा बनाइएको हो ।

३. जनरल मोटर्स फायरबर्ड

जनरल मोटर्स द्वारा बनाइएको फायरवर्ड कार प्रोटोटाइप कार थियो । १९५३, १९५६ र १९५९ मा मोटोरोमा आटो शे मा यसलाई प्रदर्शन गरिएको थियो । तीनै कारको स्वरुप जेटल प्लेनको झै थियो ।

२. १९५५ क्रिस्लर (घिया) स्ट्रिमलाइन एक्स ‘गिल्डा’

१९५५ मा बनेको क्रिस्लर घिया स्ट्रिमलाइन एक डिल अन्तरिक्ष यानबाट प्रेरित थियो ।

१. फरारी ५१२ एस मड्यूलो

१९७० मा जेनेभा मोटर शोमा पाउलो मार्टिनले यो कारको डिजाइन गरेका थिए । यो कार कुनै स्पेसशिप झैं देखिन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *