यी हुन् संसारकै भब्य र शानदार राष्ट्रपति भवनहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
एजेन्सी,  संसारमा केही यस्ता देशहरु छन् जहाँको राष्ट्रपति भवन एकदमै मनमोहक र भव्य रहेको छ। मानिसको जीवनमा आइपर्ने तथ्य, ज्ञान, जनचेतना तथा स्वास्थ्य सामग्रीको झल्को दिने अनलाइन ग्रुप ‘द एस्टल’ सन् २०१५ मा संसारका सबैभन्दा सुन्दर र भव्य राष्ट्रपति भवनलाई चयन गरेका छन्। ती यसप्रकार छन्।
अबूधाबी,यूएई समुन्द्रको किनारमा रहेको अबूधाबी,यूएईको राष्ट्रपति भवन निक्कै भव्य र शानदार रहेको छ। यसको मूख्य भवन २० लाख वर्गफिटमा फैलिएको छ। कामकाजका लागि भने छुट्टै भिल्ला बनाइएको छ। यसको ठीक नजिकै अमीरात प्यालेस होटल रहेको छ। जसमा ७० करोडको ज्वेलरी जडित क्रिसमस ट्री बनाइएको छ। एक समय यो क्रिसमस ट्री निक्कै चर्चामा आएको थियो। ३ हजार करोडको लगानीमा बनेको यो राष्ट्रपति भवनलाई अबूधाबीको फर्म इवान आर्किटेक्चरल तथा ग्रीसको कन्स्ट्रक्शन फर्मले बनाएका थिए। यसलाई सबैभन्दा महंगो राष्ट्रपति भवन भन्ने गरिन्छ।
 
अस्ताना, कजाकिस्तान कजाकिस्तानमा इसिल नदीको किनारमा ८० मीटर उचाइमा यो राष्ट्रपति भवन रहेको छ। तर यो भनर् उनको आवासीय भवन भने होइन। तर राष्ट्रपतिका कर्मचारी भने यही बस्छन्। मात्र तीन वर्षमा निर्माण गरिएको यो राष्ट्रपति भवनमा सन २००४ मा काम सुरु गरिएको थियो। यो भवनको माथि निलो तथा सुनौलो रंगको संकेतात्मक राखिएको छ। एक विशेष प्रकारको पत्थरबाट बनेको यो राष्ट्रपतिबाट भवनमा निलो सिसा तथा ठीक सामुन्ने फुलकै सबैभन्दा ठूलो बगैंचा बनाइएको छ। प्रत्येक वर्ष दुई लाख भन्दा बढी पर्यटक यो राष्ट्रपति भवन घुम्न आउँछन्।
 ग्र्यान्ड क्रेमलिन प्यालेस, रूस विश्वको शक्तिशाली मुलुकमध्येको राष्ट्र रुसमा विशाल राष्ट्रपति भवन ग्र्यान्ड क्रेमलिन प्यालेस करिब १२ वर्ष लगाएर बनाइएको थियो। रुसमा शाही घरानाका आधिकारिक वास्तुकार कोन्स्टान्टिन थोनको रेखदेखका लागि यसलाई स्वर्ण महलको रुप दिएको थियो। भित्र बाहिरको ढोकामा धेरै सुन्दर फूलबुट्टा भरिउको छ। जसले त्यहाँ धुम्न आउने मानिसलाई आकर्षण गर्दछ। तर यसअघि यो एक साधारण निवास थियो। यसाई बनाउनको लागि बरोक प्यालेस तथा एउटा चर्चलाई फुटाइएको थियो। तर पछि दोस्रो चर्च बनाइएको थियो, जुन रुसको पहिलो चर्च भनेर चिचिन्छ।
प्राग, चेक गणराज्य संसारका धेरै सुन्दर राष्ट्रपति भवनमध्ये प्राग, चेक गणराज्यको भवन पनि एक हो । यो भवन ९ वौ शताब्दीको महललाई राष्ट्रपति भवन बनायउको थियो। सबैभन्दा पुरानो अनि निकै ठूलो भव्य महल भएका कारणले पनि यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा समावेश गरिएको छ। मार्च १९३९ मा यात्राको दौरानमा एडोल्फ हिटलरले यो भवनमा आराम गरेका थिए। सोभियत संघको शासन विलय हुनु पहिले कम्युनिस्ट सरकारले यहीबाट शासन चलाएका थिए। ७० हजार वर्गफिटमा फैलिएको यो महलमा छुट्टाछूट्टै हल हरु रहेको छ। जसमा धेरै विभाग रहेका छन्। कहिले यो भवनमा रोमन त कहिले बोहेमियाको राजाका महल हुने गर्दथ्यो। यसको एउटा कोठामा बोहेमियाको राजाको हिरारत्नबाट सजिएको मुकुट सुरक्षित रहेको छ।
ताइपे, चीनको छिमेकी जिल्ला ताइवानका राष्ट्रपति भवनलाई जापानी शासकले राज्य गर्दाको समयमा बनाइएको हो। आर्किटेक्ट यूहेजी नागानोले यसको डिजाइन गरेकाछन्। जसले स्थानीय संस्कृतिको झल्को दिने प्रयास गरेको छ। त्यहाँ गृहयुद्ध समाप्त पछि १९५०मा यसलाई राष्ट्रपति भवन भनेर चिनिन थाल्यो। ताइवानको गभर्नर जनरलका मुख्य अफिसर तथा केही व्यक्ति यही रहेका छन्। यसमा दोस्रो विश्वयुद्धको समयमा यो भवनमा धेरै क्षति भएको थियो।
व्हाइट हाउस, अमेकरिका अमेरिकी राष्ट्रपति बाराक ओबामाको आवास र कार्यालय दुवै नै ह्‍वाइट हाउसमा छ। वासिङटनका १ हजार ६ सय पेन्सिलवेनिया एवेन्यू एनडब्ल्यू सडकमा राष्ट्रपति भवन बनाएका थिए। जुन सन १८००मा तत्कालीन राष्ट्रपति जोन एडम्सपछि अहिलेसम्मका राष्ट्रपतिहरु यही भवनमा बस्दै आएका छन्। भित्रिबनोट यसको महल जस्तो भए पनि यसमा सेतो ढुंगा र यही रंगले बनेको हुँदा यसलाई ह्वाइट भनिएको हो। एक्वा क्रीक सेन्डस्टोनबाट यसको डिजाइन गरिएको छ जसलाई नियो क्लासिकल भन्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *