गंगालाल अस्पतालको गेटमै क्रिश्चियनको धर्म प्रचार, युवती धर्म परिवर्तन गर्न उक्साउँदै (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ भदौ । राजतन्त्रको अन्त्यसँगै मुलुक धर्म निरपेक्ष घोषित भएको छ । संविधानले पनि मुलुकलाई निरपेक्षको रुपमा स्वीकारेको छ । तर, जबरस्ती वा विभिन्न प्रलोभनमा परिवर्तन गराउनु भने कानुन विपरीत मानिएको छ । २०६२/०६३ को दोस्रो जनआन्दोलन पश्चात मुलुकलाई निरपेक्ष घोषणा गरिएसँगै विभिन्न आश र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने कार्य बढेको भन्दै सडकदेखि सदनसम्म बहस हुने गरेको छ । तर, यस्ता कार्यमा भने कमी आएको देखिँदैन ।

मानवीय संवेदनामा खेलेर क्रिश्चियन धर्मालम्बीहरुले धर्म परिवर्तन गराउने कार्यमा कमी देखिँदैन । आपत्–विपत्मा परेका वा विभिन्न रोगबाट पीडित भएकाहरुलाई क्रिश्चिन धर्म अलवम्बन गर्न क्रिश्चियन धर्मालम्बीहरुको सक्रियता अझै रोकिएको छ ।

काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको गेटमै क्रिश्चियन धर्माका किताब र ब्रोसर राखेर एक महिला र अर्की युवती धर्म परिवर्तनका लागि उक्साइरहेका आइतबार देखिएको हो । सधैं उनीहरु अस्पतालको गेटमा आउने र विरामी र उनका आफन्त तथा अस्पातल आउजाउ गर्नेलाई ‘सबै समस्या र पीडा प्रभुले ठीक गर्छन्’ भन्दै धर्म प्रतिवर्तनका लागि उक्साउने गरेका छन् । सोही क्रममा क्रिश्चियन धर्मका प्रचार सामग्री पनि दिने गरेका छन् ।

आइतबार बिहान अस्पताल आउजाउ गरेकाहरुलाई धर्म परिवर्तन गराउन उक्साइरहेको लिइएको तस्विरमा देपखएका भूइँमा बसेकी महिला र छाता ओडेर उभिएकी युवतीले ‘प्रभुले जोगाउन्नुहुन्छ भन्दै किताव बाँडिरहेको थिए । तर, सार्वजनिक ठाउँमै भइरहेको धर्म परिवर्तन गराउने खेलप्रति प्रशासन आँखा चिम्लिएको देखिन्छ । क्रिश्चियन धर्मालम्बीहरुको मानवीय संवेदनामा टेकेर धर्म परिवर्तन गराउने खेल यो नौलो र पहिलो होइन ।

यसअघि भूकम्प पीडितलाई बाँडिएको राहत सामग्रीभित्र क्रिश्चियन धर्मको ग्रन्ध ‘बाइबल’ र अन्य धर्म प्रचारका ब्रोसर राखिएको थियो भने पाटन अस्पातलमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई बाइबल बाँडेर धर्म परिवर्तन गराउन उक्साएका थिए । तर, विरोध भएपछि अस्पताल प्रशासनले उनीहरुलाई अस्पताल हाताबाट हटाएको थियो । अहिले फेरि गंगालाल अस्पतालको गेटमा बसेर धर्म प्रचारप्रसार र प्ररिवर्तन गर्न उक्साएका हुन् ।

यसरी कानुन विपरीत भइरहेका घटनालाई सम्बन्धित धार्मिक अगुवाहरुले नियन्त्रण गर्न पहल गरेका नगरेको भन्दै यस्ता कार्य नियोजित रहेको कतिपयले आरोप लगाउने गरेका छन् । यसर्थ सम्बन्धित धार्मिक अगुवा र प्रशासनले कानुन विपरीत भइरहेका घटनालाई रोकेर मुलुकमा धार्मिक सहिष्णुताको वातावरण सृजना गर्नु आवश्यक छ ।

तस्विर : मात्रिका दाहालको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *