यी हुन् कार भन्दा आधा सस्ता प्लेन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ । आम मानिसलाई लाग्छ की विमान धेरै महंगो हुन्छ र कार सस्तो । तर, यस्तो अवस्था फेरिँदै गएको छ । अहिले आएका लग्जरी कालको मूल्य निजी विमान भन्दा धेरै माथि छ ।

अहिलेको सबैभन्दा महंगो कारसँग निजि विमानको तुलना गर्ने हो भने आधा कम मूल्यमा निजी विमान पाइन्छ । धनी मानिसहरुले निजी विमानको प्रयोग गर्न थालेपछि कार र मोटरसाइकल बनाउने कम्पनी होण्डाले पनि निजी विमान विमान बनाउन थालेको छ ।

‍‍‍‍Koenigsegg CCXR Trevita

भनिन्छ हिरा धेरै महंगो हुन्छ । तर, यो कारमा हिराको पाउडरले पेन्ट गरिएको छ । यसका साथै यो कारमा अन्य केही विषेशता छन् । जसका कारण यो संसारकै सबैभन्दा महंगो कार हो । यसको मूल्य ४.८ मिलयन डलर हो ।
यो कार भन्दा सस्ता विमान यस्ता छन्

Cirrus sf50 vision

मूल्यः २ मिलियन डलर
इन्जिनः सिंगल इन्जिन
यो विमानमा आवश्यकता अनुसार ५ देखि ७ सिट बनाउन सकिन्छ । यो विमान प्रतिघण्टा ३४५ माइल प्रतिघण्टा उड्न सक्छ ।

HONDA HA-420


मूल्यः ४.५ मिलियन डर
इन्जिनः डबल इन्जिन
यो विमान ६ सिट क्षमताको हो । यसको अधिकतम गती ५०० माइल प्रतिघण्टा हो ।

CESSNA Citation M2

मूल्यः ४.५ मिलियन डलर
इन्जिनः डबल इन्जिन
यो विमान पनि ६ सिट क्षमताको हो । यसको अधिकतम गती ४६० माइल प्रतिघण्टा हो । यो विमान एकपटकमा १५ सय माइल उड्न सक्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *