८८ किलो सुनबारे अनुसन्धान गर्न अर्थ मन्त्रालयले बनायो छानबिन समिति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ । डेढ साताअघि बरामद भएको ८८ किलो अवैध सुनबारे अर्थ मन्त्रालयले छानबिन टोली गठन गरेको छ । मन्त्रालयले भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानबिन टोली गठन गरेको हो ।

डेढ साताअघि केरुङ हुँदै काठमााडौ भित्रिएको ८८ किलो सुन प्रहरीले क्षेत्रपाटीबाट पक्राउ गरेको थियो । ठूलो परिमाणमा सुन भित्रिदा पनि अहिलेसम्म अर्थ मन्त्रालयले सुन तस्करीबारे छानबिन समिति गठन गरेको थिएन ।

सो सुन रसुवा, धादिङ, नुवाकोट जिल्लामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी र केरुङ नाकामा रहेको भन्सार कार्यालयसहित एक दर्जनभन्दा बढी चेकपोस्टबाट सहजै पार गरी राजधानी भित्रिएको थियो ।

रसुवा भन्सार हुँदै प्रहरीका विभिन्न चेकपोस्टमा सजिलै पास भएर ८८ किलो सुन काठमाडौं सुन आउँदा पनि अर्थ मन्त्रालय, राजस्व विभागलगायतका निकाय मौन बस्नु रहस्यको विषय भन्दै सरकारको आलोचना सुरु भएको थियो ।

छानविन टोलीले रसुवा भन्सारलगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेर प्रतिवेदन बनाउने छ । केही समयअघि त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन भित्रिँदा भोलीपल्टै पाँच सदस्यीय छानविन समिति बनाएर छानविन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *