पीएसजीलाई च्याम्पियन्स लिगको उपाधी जिताउँछुः नेयमार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ । ब्राजिलका स्टार स्ट्राइकर नेयमारले यो सिजन आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन्स लिग दिलाउने दाबी गरेका छन् ।

यसै सिजन कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका नेयमारले पिएसजीलाई च्याम्पियन्स लिगको उपाधी दिलाउने बताएका हुन् । नेयमारलाई किर्तिमानी मूल्यमा भित्र्याएको पिएसजीले लगतै मोनाकोबाट एमबेपेलाई भित्र्याएको छ ।

भोली सल्टिकविरुद्ध हुने खेलमा पीएसजीबाट च्याम्पियन्स लिगमा डेब्यू गर्न लागेका नेयमारले सन स्पोर्टसँग भनेका छन्, ‘पीएसजीमा आउनुको मूख्य कारण क्लबको इतिहास लेख्नु हो । हामीले जित्न चाहेको ट्रफी च्याम्पियन्स लिग मात्र होइन तर, यो महत्वपूर्ण ट्रफी हो । सिजनको लक्ष्य यो उपाधि जित्नु हो । मलाई विश्वास छ, यो उपाधि जित्न हामी समक्ष छौं ।’

उनले पीएसजीसँग च्याम्पियन्स लिग जित्ने क्षमता मात्र होइन, अनुभव पनि भएको बताएका छन् । ‘मैले यो उपाधि जितेको छु । ड्यानी अल्भेसले तीन पटक जितेका छन्,’ उनले भनेका छन्, ‘थिएगो मोटाले बार्सिलोना र इन्टरबाट र एन्जल डि मारियाले रियल मड्रिडबाट जितेका छन् । हामीसँग क्षमता मात्र होइन, अनुभव पनि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *