जुडोकी मनिता वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ । पल्सर स्पोर्ट्स अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सोमबार आयोजित कार्यक्रममा मनितालाई उत्कृष्ट युवा खेलाडी घोषणा गरिएको हो ।

मनोनयनमा परेका क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै मनिता उत्कृष्ट युवा खेलाडी घोषित भएकी हुन् । मनिताले ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *