आयल निगमको जग्गा खरिदमा ४ गुणा बढी मूल्य तिरेको ठहर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ । निकै विवादास्पद बनेको नेपाल आयल निगमको जग्गा खरिदमा चार गुणाबढी मूल्य तिरेको ठहर गरिएको छ ।

व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धी समितिको सोमबार बसेको बैठकले निगमको जग्गा खरिदमा चार गुणाबढी मूल्य तिरेको ठहर गरेको हो ।

भैरहवा, चितवन, सर्लाही, झापालगायतका स्थानमा खरिद गरिएका जग्गामा स्थानीय तहका प्रतिनिधिको संलग्नतामा चार गुणाबढी मूल्य निगमले तिरको समिति बैठकले ठहर गरेको हो ।

जग्गा खरिद प्रक्रिया स्वार्थपूर्ण रहेको निष्कर्ष निकालेको उक्त बैठकले जग्गा खरिदमा कानुनी प्रक्रिया मिचेको र गुणस्तरमा ध्यान नदिएको ठहर पनि गरेको छ ।

यता निगम भने स्थानीय तहले उपलब्ध गराएको दररेटको लिष्ट देखाएर आफू अनिमियतताको काण्डबाट जोगिन खोजेको सांसद्हरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *