सकियो स्टक क्लियरेन्स मेला, २ करोड ९० लाखको कारोबार

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं, २६ भदौ । दशैंको अबसर पारी राजधानीको भृकुटीमण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेला सकिएको छ । ६ दिन सम्म भएको मेलामा २ करोड ९० लाख भन्दा बढीको कारोबार भएको छ । मेलालाई ५० हजार भन्दा धेरैले अवलोकन गरेको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए ।

‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको यो मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो । भदौ २१ गतेबाट २६ गते सम्म गरिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबस्यक सामाग्रीहरुको कारोबार गरिएको थियो । कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार भएको थियो ।

मेलामा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा उपभोक्ताहरु आएका थिए । अनुमान गरेको जस्तै उपभोक्ता मेलामा आएको आयोजकले दावी गरेको छ । मेला संयोजक दिपेश जोशीले आगामी बर्ष पनि यो मेलालाइ निरन्तरता दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *