गिनिज वर्ल्ड रेकर्ड २०१८: कसैका नङ, कसैका टाङका रेकर्ड (सूची सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संसारमा यस्ता धेरै मानिसहरु छन्, जो अचम्म लाग्दा काम गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउँछन् । यीनीहरु आफुलाई चर्चामा ल्याउनका लागि अचम्म अचम्मका काम तरिका अपनाउँछन् ।

केही मानिसहरु पुराना रेकर्ड तोडेर आफ्नो नाम लेखाउन कोशिस गरिरहन्छन् । यसमा धेरै मानिसहरुलाई सफलता समेत मिल्छ । अहिले २०१८ का लागि गिनिज वल्र्ड रेकर्डको लिस्ट सार्वजनिक भएको छ । यो लिस्टमा १८ जनाले स्थान बनाएका छन् । तर हामी यहाँ केही अचम्म लाग्दा रेकर्ड दर्ता गर्न सफल भएका मानिसहरुका बारेमा जानकरी दिँदैछौं ।

सबैभन्दा लामो परेला

चीनकी यू जियानशिया आफ्नो लामो परेलाका कारण गिनिज बुकमा नाम लेखाउन सफल भइन् । उनका परेला १२.४० सेन्टिमिटर (४.८८ इन्च) लामो छ ।

सबैभन्दा लामो नङ

अमेरिकाको टेक्सास की अयाना विलियम्सले आफ्नो नाम सबैभन्दा लामो नङका कारण गिनिज बुकमा लेखाइन् । उनका नङको लम्बाई ८ फिट छ । उनले विगत २० बर्ष देखि नङ पाल्दै आएकी छन् । उनका नङ पोलिस गर्न कम्तिमा २० घण्टाको समय लाग्छ ।

सबैभन्दा होचा जोडी

पालो ग्यावरिल र सिल्वा बारसको नाम संसारको सबैभन्दा होचा विवाहित जोडीकोरुपमा वल्र्ड रेकर्डमा दर्ता भएको छ । दुवैको लम्बाई १८१.४१ सेन्टिमिटर छ । यो जोडिले १७ सेप्टेम्बर २०१६ मा विवाह गरेका थिए ।

सबैभन्दा गह्रौ साइकिल

बेल्जियमका इन्जिनियर जेफ पिटर्सले संसारको सबैभन्दा गह्रौं साइकल बनाएका छन् । यसको तौल ८६० किलो छ । यो साइकिल समेत वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

सबैभन्दा अग्लो कपाल

अमेरिकाका बेनी आफ्नो कपाल बनाउन दुई घण्टा लगाउँछन् । उनले १० बर्ष देखि कपाल काटेका छैनन । उनको नाम सबैभन्दा अग्लो टप फेड (एक किसिमको हेयर स्टाइल । जुन किनारको कपाल काटिन्ड र माथिको कपाल पालिन्छ) का रुपमा वल्र्ड रेकर्डमा दर्ता भएको छ । उनको टप फेडको उचाई ५२ सेन्टिमिटर छ ।

सबैभन्दा बुढा बडी बिल्डर

अमेरिकाका जिम एरिन्गटन पछिल्लो ७० बर्ष देखि बडि बिल्डिङसँग जोडिएका प्रतियोगितामा भाग लिइरहेका छन् । उनको उमेर ८४ बर्ष हो । यो पटक उनले सबैभन्दा बुढा बडि बिल्डरकोरुपमा रेकर्ड राखेका छन् ।

सबैभन्दा लामो खुट्टा

पेन्जाकी एकाटेरिना लिजिनाको लम्बाई ६ फिल ८.७७ इन्च छ । उनी संसारकी सबैभन्दा अग्ली व्यवसायिक मोड समेत हुन् । उनको दाहिने खुट्टाको लम्बाई ५२.२ इन्छ छ । देब्रे खुट्टाको लम्बाई ५२ इन्च छ । उनको नाम संसारको सबैभन्दा लामो खुट्टाका कारण गिनिज बुकमा दर्ता छ ।
सबैभन्दा लामो विरालो

मिशिगनको यो बिरालोको नाम आर्कटुरस एलडेबरान पावर्स हो । यसको लम्बाई ४८.४ सेन्टिमिटर छ । यसको उमेर २ बर्ष हो ।

सबैभन्दा लामो पुच्छर भएको विरालो

आर्कटुरस बिरालोको भाई साइगनसको नाम सबैभन्दा लामो पुच्छर भएको पाल्तु विरालोकारुपमा गिनिज बुकमा दर्ता भएको छ । यो पुच्छरको लम्बाई ४४.६६ सेन्टिमिटर छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *