बलिउडमा नेताका छोरा–छोरी, कोही हिट कोही फ्लप !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । जसरी स्टारका छोरा छोरी फिल्मी दुनियाँमा आउँछन्, त्यसैगरी राजनीतिकर्मीका छोरा छोरी पनि राजनीतिमा जाने इच्छा राख्छन् । तर केही राजनीतिकर्मीका यस्ता छोरा छोरी छन् जो फिल्मी दुनियाँमा आएका छन् ।

को हुन् उनीहरु ?

रितेश देशमुख

रितेश महाराष्ट्रका मुख्यमन्त्री स्वर्गीय विलासराव देशमुखका छोरा हुन् । रितेश आज हिन्दी सिनेमामा आफ्नो भर्सटाइल अभिनयका कारण स्थापित भएका छन् । उनकी पत्नी जिलेनिया पनि बलिउड अभिनेत्री हुन् ।

नेहा शर्मा

नेहा शर्मा बिहारको भागलपुरका एमएलए अजीत शर्माकी छोरी हुन् । शर्मा दुई पटक लोकसभा र तीनपटक तीन विधानसभा चुनाव लडिसकेका छन् । नेहा पछिल्लो पटक ‘यंगिस्तान’ मा देखिइन् । जुन फिल्म फ्लप भयो । उनी २००७ देखि फिल्ममा सक्रिय छन् । यद्यपी उनले आफ्नो पहिचान अझै बनाउन सकेकी छैनन् । उनी अब ‘तुम बिन–२’ मा देखिदैछिन् ।

अरुणोदय सिंह

अरुणोदय सिंह मध्यप्रदेशका पूर्व मुख्यमन्त्री अर्जुन सिंह नाती र अजय सिंहका छोरा हुन् । अरुणोदय पछिल्लो सात बर्ष देखि बलिउडमा सक्रिय छन् । । तर कुनै ठूलो फिल्ममा उनलाई मुख्य भूमिका निभाउने अवसर प्राप्त भएको छैन् ।

चिराग पासवान

चिराग पासवान केन्द्रीय मन्त्री रामविलास पासवानका छोरा हुन् । चिराग पनि स्टार बन्न चाहान्थे । उनी कंगना स्टारर फिल्म ‘मिले न मिले हम’ मा देखिए । तर, यो फिल्म फ्लप भयो । त्यसपछि उनले २०१४ मा फिल्म क्षेत्र त्यागेर चुनाव लडे । अहिले उनी सांसद छन् ।

उदय निधी

उदयनि धिडी एमके तमिलनाडुका पूर्व उपमुख्यमन्त्री एमके स्टालिनका छोरा हुन् । उनी अभिनय भन्दा बढी निर्माता हुन् । उनी आफ्नो फिल्ममा मात्र सिमित छन् । अहिलेसम्म उनी जति फिल्ममा देखिए ती सबै फिल्म आफैले बनाएका हुन् । यीनका कुनै पनि फिल्म हिट भएका छैनन् ।

अजित

अजित पूर्व रक्षा मन्त्री एके एन्टनीका छोरा हुन् । अजितले २०१२ मा फिल्म ‘ओबेराय’ बाट डेव्यू गर्ने चर्चा २०१२ मा सुनिएको थियो । तर अहिले यो चर्चा सेलाएको छ । अजित एन्टनीका कान्छा छोरा हुन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *