उपेन्द्रको दलमा थपियो मधेस तराई फोरम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम र अमर यादव नेतृत्वको मधेस तराई फोरमबीच एकता भएको छ । दुई फोरमबीच मंगलबार एकता भएको हो ।

वर्तमान राजनीतिक परिस्थितीलाई मध्यनजर गर्दै पार्टी एकता गरिएको बताइएको छ । ‘राष्ट्रिय एंव मधेसस्तरमा मधेसका मुद्धाहरुलाई स्थानीय तह निर्वाचन र प्रतिनिधी सभा निर्वाचन मार्फत संस्थागत गर्दै बाँकी रहेको मुद्धाहरुलाई संविधान संशोधन मार्फत पुर गर्ने प्रतिवद्धता व्यक्त गर्दै दुई पार्टीबीच एकता भएको हो,’  उपेन्द्र र अमरले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।

आपसी समझदारीमा एकिकरण प्रक्रिया तह गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *