यो बाँदर, जसले आफ्नै सेल्फीको मुद्धा हार्‍यो !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । केही समय अघि क्यामराअघि दाँत देखाउने र आँखा चम्काउने बाँदरको सेल्फी खुबै हिट भएको थियो । उक्त सेल्फी कानुनी विवादमा समेत तानिएको थियो । तर अहिले यो सेल्फीका विषयमा भइरहेको कानुनी विवाद हल भएको छ ।

बीबीसीका अनुसार फोटोग्राफरले एक पशु अधिकार समूहसँग दुई वर्षसम्म चलेको कानूनी लडाईं जितेका छन् । यो तस्वीर सन् २०११ मा इन्डोनेसियाको जंगलमा म्याकाक प्रजातिको नारुतो नामक बाँदरले लिएको थियो ।

बाँदरले अस्ट्रेलियाको मोनमाउथशायरका डेभिड स्लेटरको क्यामरा लिएर फोटो खिचेको थियो । पशुअधिकारवादी समूह पेटाले तस्वीरमा जनावरको पनि हक लाग्ने तर्क दिएको थियो । तर मुद्दामा अमेरिकी न्यायाधीशले बाँदरलाई कपीराइटको अधिकार दिन नमिल्ने बताए ।

बाँदरका तर्फबाट पेटाले दायर गरेको मुद्दालाई अदालतले रद्द गरिदिएको थियो तर स्लेटर भविष्यमा यो तस्वीरबाट हुने कमाइको २५ प्रतिशत दान दिन तयार भए ।

स्लेटर र पेटाले जारी गरेको संयुक्त बयानमा बताइएअनुसार तस्वीरको बिक्रीबाट हुने कमाइको एक चौथाइ भाग नारुतो र उसलाई स्याहार गर्ने परोपकारी संस्थालाई दिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *